कार्यविवरण

क) प्रशासन शाखा :

  • कर्मचारीको नियुक्ति, का.स.मु., हाजिरी, विदा, पुरस्कार, दण्ड, निवृत्तीभरण, अवकाश, उपदान आदि कर्मचारी प्रशासनसँग र कर्मचारीको अभिलेख सम्वन्धी कार्यहरु गर्ने।
  • यस मन्त्रालय अन्तर्गतका निकायका कर्मचारी प्रशासन सम्बन्धमा परेका उजुरीहरु सम्बन्धमा समन्वयको कार्यहरु गर्ने ।
  • निजामती सेवा पुरस्कार, पदकहरु र विभूषणको सिफारिस गर्ने, उत्कृष्ट कर्मचारी/ मन्त्रालय/ निकायलाई पुरस्कृत गर्ने सम्बन्धी कार्यहरु गर्ने।
  • कार्यालयको विद्युतीय हाजिरी सम्वन्धी कार्यहरु गर्ने।
  • कर्मचारीहरुको भ्रमण सम्बन्धी कार्य र सोको अभिलेखीकरण गर्ने ।
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययन, तालिम, सेमिनार/ छात्रवृत्तिमा मनोनयन सम्बन्धी कार्यहरु गर्ने ।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ/संस्थासँग समन्वय गर्ने, अनुगमन गर्ने, मूल्याँकन गर्ने र ती संस्थाहरुलाई आवश्यकता अनुसार निर्देशन गर्ने ।
  • सूचनाको हक सम्बन्धी ऐनद्बारा उल्लेख गरिएको सूचनाहरु नियमित प्रकाशनको व्यवस्था गर्ने ।
  • प्रदेशस्तरका सबै जनशक्तिको क्षमता विकासको आवश्यकता पहिचान, तालिम कार्यक्रमहरु संचालन र अन्य निकाय वा उपलब्ध क्षमता विकासका अवसरहरुका लागि विस्तृत सूचना सहित मनोनयनको प्रस्ताव गर्ने ।
  • कार्यालयका विभिन्न पदाधिकारीहरु एवं कर्मचारीहरुका लागि नियमानुसार सवारी साधन तथा ईन्धन व्यवस्थापन सम्बन्धी कार्यहरु साथै सार्वजनिक विदामा सवारी साधन संचालनको व्यवस्थापन कार्य गर्ने ।
  • यस कार्यालयमा प्राप्त हुने चिठीपत्रहरु बुझ्ने, दर्ता गर्ने र सम्बन्धित महाशाखा वा शाखामा पुर्याउने साथै, आवश्यकता अनुसार सक्कल कागजातहरु सम्बन्धित ठाउँमा पुर्याउने ।
  • कार्यालयबाट पठाउने पत्रहरु चलानी गरी सम्बन्धित निकायमा पठाई सोको कार्यालय प्रतिलाई सुरक्षित अभिलेखाँकन गर्ने ।
  • मन्त्रालयको वैठकका निर्णयको तयारीमा सहयोग पुर्याउने, भएका निर्णयको अभिलेख राख्ने, निर्णयहरु सम्बन्धित मन्त्रालय /निकाय /महाशाखामा संचार गर्ने ।
  • शाखा सम्बन्धी बैठकको माईन्यूट तयार गर्ने, जानकारी तथा कार्यान्वयनको लागि सम्बन्धित निकायमा पठाउने र अभिलेख व्यवस्थित रुपमा राख्ने ।
  • योजना तथा अनुगमन महाशाखासँग समन्वय गरी कार्यालयको लागि बार्षिक बजेट अनुमान तयार गरी पेश गर्ने ।
  • माननीय मन्त्री तथा यस कार्यालयबाट आयोजना हुने विभिन्न समारोह तथा कार्यक्रमको व्यवस्थापन सम्बन्धी कार्यहरु गर्ने।
  • कार्यालयबाट आयोजना हुने समारोह तथा कार्यक्रमहरुमा सम्बन्धित निकाय, पदाधिकारी र व्यक्तिहरुलाई आमन्त्रण गर्ने कार्य गर्ने।
  • प्रचलित ऐन नियमले तोकेको आर्थिक प्रशासन सम्बन्धी अन्य कार्यहरु गर्ने।
  • अन्य शाखाको कार्य विवरणमा नपरेका प्रशासनिक लगायत अन्य सबै कार्यहरु गर्ने।

 

ख) आर्थिक प्रशासन शाखा :

  • योजना तथा अनुगमन महाशाखासँग समन्वय गरी कार्यालयको लागि बार्षिक बजेट अनुमान तयार गरी पेश गर्ने ।
  • कार्यालयका कर्मचारीहरुको तलब भत्ता, संचयकोष, नागरिक लगानी कोष, बीमाकोष आदिको व्यवस्थापन गर्ने गराउने ।
  • खर्चको फाँटवारी, आर्थिक विवरण लगायत प्रचलित कानून अनुसार तयार गर्नु पर्ने विवरण तयार गरी पठाउने ।
  • कार्यालयको आम्दानी र खर्चको स्रेस्ता प्रचलित कानून बमोजिम व्यवस्थित रुपमा राख्ने ।
  • कार्यालयको आम्दानी / खर्चको लेखापरीक्षण गराउने तथा यसको नियमितता सम्बन्धी कार्य र बेरुजु फर्छयौट गर्ने गराउने ।
  • आर्थिक विषयमा उपर्युक्त, राय, परामर्श, सिफारिस उपलब्ध गराउने ।
  • आर्थिक कार्यविधि नियमावली, २०६४ नियम ११३ बमोजिमका कार्यहरु र प्रचलित ऐन कानुन बमोजिमका अन्य कार्यहरु गर्ने गराउने ।
  • मन्त्रालय र अन्तर्गत निकायको निक्षेपण सम्बन्धि कार्य, कार्यक्रम संशोधन, रकमान्तर तथा थप निकासा सम्वन्धी कार्यहरु गर्ने।

ग) जिन्सी शाखा :

  • कार्यालयको सबै सम्पतिको संरक्षण, मर्मतसंभार, रंगरोगन, सरसफाई तथा आन्तरिक सजावट सम्बन्धी कार्य गर्ने गराउने ।
  • कार्यालयको लागि भौतिक तथा अन्य सामग्रीको खरिद व्यवस्थापन सम्बन्धी कार्यहरु गर्ने ।
  • कार्यालयको टेलिफोन, इन्टरनेट, धारा, विद्युत आपूर्ति तथा सोसँग सम्बन्धित कार्यहरु गर्ने ।
  • आर्थिक कार्यविधि ऐन तथा नियमावली अनुसार भौतिक तथा अन्य सामग्रीहरुको अभिलेख व्यवस्थापन, जिन्सी निरीक्षण तथा लिलामी सम्बन्धी कार्यहरु गर्ने।
  • माननीय मन्त्रीज्यू एवम् सचिवालयलाई आवश्यक कम्प्युटर, विद्युत्त, टेलिफोन, फर्निचर लगायतका भौतिक सुविधाहरुको सम्बन्धित महाशाखासँग समन्वय कायम गरी व्यवस्थापन गर्ने ।
  • प्रचलित ऐन कानून बमोजिम अन्य कार्यहरु गर्ने गराउने ।